हतियार सहित भारतीय नागरिक पक्राउ

   ११ असार २०८१, सोमबार १७:३२  

रौतहट, १० अषाढ । रौतहटको गौरबाट सशस्त्र प्रहरी बलले हतियार सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं. २ महादेवपट्टीबाट भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षिय राहुल रामलाई सशस्त्र प्रहरीबलले एक थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सिमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्र प्रहरीबलले जनाएको छ

पक्राउ गरेका रामलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।