विदेश पठाइदिने भन्दै रकम ठग्ने पक्राउ

   २७ जेष्ठ २०८१, आईतवार १२:३४  

२७ जेष्ठ, रौतहट । विद्यार्थी भिसामा रसिया देश पठाई दिन्छु भनि ठगि गर्ने एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

नेपाल स्थित रसियन दूतावासबाट जारी भएको भनी नक्कली कागजातहरु देखाई बिश्वासमा पारी जिल्ला रौतहट यमुनामाई गाउँपालीका वडा नं. २ का जितेन्द्र कुमार यादवसँग १० लाख ८७ हजार रकम ठगेको आरोपमा प्रहरीले सोही पालिकाका राहुल कुमार प्रजापतिलाई पक्राउ गरेको हो ।

पक्राउ परेको प्रजापतिलाई ठगी तथा आपराधिक लाभ संम्वन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।