बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढयो, चाँदीको कति

   १८ मंसिर २०७७, बिहीबार ११:३३  

१८ मंसिर, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा एकै दिन १६ सय रुपैयाँले वृद्धि भएर बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोलामा ९२ हजार १सय ५० रुपैया तोक्किएको महासंघले जनाए ।

यस्तै, सुनको साथै चाँदीको मूल्यमा पनि वृद्धि भइरहेको छ । बुधबार तोलामा १ हजार १ सय ८५ रुपैयामा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ ।