अत्याधिक गर्मीले रौतहटको जनजिवन प्रभावित
१३ बैशाख , रौतहट । अत्याधिक गर्मीको कारण रौतहटको जनजिवन प्रभावित भएको छ । केही दिन यता शुरु भएको भिषण गर्मीले बजारमा मानिसहरुको चहल पहलमा निकै कमी आएको छ । अति आवश्यक काममा बाहेक दिउसो मानिस बाहिर निस्की रहेका छैनन ।
रौतहटमा तापमान ४३ डिग्री सेल्सीयस सम्म पुगि सकेको छ । आउदो शुक्रवार सम्म तापमान कम हुने छाटकाट समेत छैन । मौसम पूर्वाअनुमानका अनुसार यो हप्ताको अन्त्य सम्म तातो हावा र लु को असर कायम रहने छ । रौतहट सहित मधेश प्रदेशका दक्षिणी जिल्लाहरुमा अत्याधिक गर्मिले गर्दा दैनिक जिवन प्रभावित भएको छ ।
अत्याधिक गर्मीका कारण सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको सँख्यामा निकै कमी आएको छ । सधै जसो भिडभाड हुने मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीको उपस्थीति पातलिएको छ ।
बिहान सूर्योदय भएको केही घण्टा पश्चात नै गौरमा तापक्रकम ३७ डिग्री हुने गरेको छ । गर्मीले गर्दा बजारहरुमा पनि मानिसहरुको चहलपहल प्राय बेलुका मात्रै हुन थालेको छ । दिनभरी पसलमा बस्दा पनि ग्राहक दुई तिन जना मात्र आउछन स्थानिय व्यपारी रंजितसाहले बताए । उनका अनुसार साँझ तिर अलिकति किनमेल गर्न आउनेको भिड बढछ तर दिउसो भरी ग्राहक कुरेर बस्नु पर्ने अवश्था रहेको छ ।
बेलुका अबेर सम्म पनि रौतहटमा तापक्रम ३८ डिग्री सेल्सीयस रहने गरेको छ । अत्याधिक गर्मीले गर्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । गर्मीका कारण डायरिया तथा ज्वरोका बिरामीहरु बढेको जिल्ला गौर अस्पतालले जनाएको छ ।
रौतहटको उतरी क्षेत्र चुरे फेदीका विभिन्न स्थानमा पानीका मुहानहरु सुक्न थाले पछि रौतहटको केही स्थानमा खानेपानीको अभाव भएको छ । खानेपानीको अभावहुदा स्थानियबासी पिडित बनेका छन ।






