महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

१२ बैसाख, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ ।
आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ ।
नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ वजेवाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले सवैलाई सहयोगको लागि अपिल गरेका छन ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउँन सकेको छैन ।