सरकारमा जाने जनमत पार्टीको तयारी, सीके पुगे बालकोट
द नेपाल मिडिया
२१ फाल्गुन २०८०, सोमबार १०:४९

२१ फागुन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन् । सरकारमा जाने विषयमा छलफल गर्न राउत ओली निवास बालकोट पुगेका हुन् ।
“अध्यक्षज्यू अहिले बालकोट जानुभएको छ । संवाद जारी छ । सम्भवतः हामी सरकारमा जान्छौँ,” जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, “सरकारमा जानेबारे छलफल भइरहेको छ ।”
आजै नेकपा एमालेसहित सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको छ ।