वर्ल्डलिंकद्धारा ट्राफिक प्रहरीलाई ‘नो पार्किङ्ग’ को बोर्ड हस्तारन्तण

   ९ पुष २०८०, सोमबार १४:३८  

९ पुस, रौतहट । वर्ल्डलिंक कम्यूनिकेशन लिमिटेडले ट्राफिक प्रहरी कार्यालय गौरलाई ‘नो पार्किङ्ग’को बोर्ड प्रदान गरेको छ ।

वर्ल्डलिंक कम्यूनिकेशनको गौर शाखाले आज जिल्ला प्रहरी कार्यालय गौरमा २० थान बोर्ड सहयोग गरेको हो । गौर नगरक्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यका साथ सो बोर्डहरु हस्तान्तरण गरिएको वर्ल्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठको उपस्थीतिमा ट्राफिक कार्यालय गौरका प्रहरी नायब निरिक्षक संदिप कुमार जयसवाललाई सो बोर्डहरु हस्तारन्तण गरिएको हो ।