बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

   ९ मंसिर २०८०, शनिबार १३:०७  

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण नखुलेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।