भूकम्पमा परी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु

   १८ कार्तिक २०८०, शनिबार १३:३५  

१८ कात्तिक, काठमाडौं । गएराति ११:४७ बजे जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

भूकम्पमा परी जाजरकोट, नलगाडकी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु भयो।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। आउजाउ गर्दा सजिलो होस् भनेर उनले जिल्ला सदरमुकाममा कोठा भाडामा लिएकी थिइन्।