सिम्रौनगढको भ्रष्टाचार प्रकरणमा उपसचिव विश्वराज मरासेनीविरुद्ध मुद्दा दायर

   ७ आश्विन २०८०, आईतवार १३:४८  

७ असोज, रौतहट । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय विश्वराज मरासिनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पु¥याएको अख्तियारको दाबी छ ।

यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप छ ।