मौलापुरमा स्थानिय पाठ्क्रम लागु
द नेपाल मिडिया
५ भाद्र २०८०, मंगलवार १४:२९
५ भदौ, रौतहट । मधेश प्रदेशमै पहिलो पटक रौतहटको मौलापुर नगरपालिकाले विद्यालय शिक्षामा स्थानिय पाठ्यपुस्तक समावेश गरेको छ ।
कक्षा १ देखी ८ सम्म सय पूर्णाङ्कको स्थानिय पाठ्क्रम अनुसारको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर“ विद्यालयहरुमा लागु गरिएको मौलापुर नगरपालिकाले जनाएको छ ।
नगर भित्रका सबै विद्यालयहरुमा सो पुस्तक वितरण गरिएको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताइन । मैलापुरको भौगोलिक, साँस्कृतीक अवश्थाका बारेमा विद्यार्थीहरुलाई बुझाउन यस पुस्तकले सहयोग गर्ने विश्वास नगरपालिकाको छ । “स्थानिय स्तरमा रहेका कुराहरुलाई पुस्तक मार्फत विद्यार्थीहरुले सिक्न र बुझ्न पाउने छन ।” मौलापुर नगरपालिकाकी मेयर रिना साहले भनिन “यी पाठ्यपुस्तकबाट यस नगर भित्रका विद्यार्थीहरु तथा अप्रत्यक्ष रुपमा यहाँ बसोबास गर्ने सबै व्यक्ति लाभावानीत हुने छन ।”
पाठ्यपुस्तकको लेखन हेम साहले गरेका छन । स्थानिय पाठ्क्रम शिक्षा विज्ञ, स्थानिय शिक्षा प्रेमी तथा जनप्रतिनिधिहरुसँगको सल्लाह र सुझाव अनुसार तयार गरिएको मेयर साहले बताइन ।






