घुस लिने रौतहट र सर्लाहीका २ ट्राफिक निलम्बीत

   २१ श्रावण २०८०, आईतवार १६:४६  

२१ साउन, रौतहट । जिप चालकसँग अवैध रुपमा रकम असुली गर्ने २ ट्राफिक प्रहरी निलम्बनमा परेका छन ।

राजमार्गमा डयुटी खटेका बेला जिप चालकसँग अवैधरुपमा घुस लिएको भिडियो सामाजिक संजालमा भाइरल भए पछि रौतहट र सर्लाहीका २ ट्राफिक प्रहरी निलम्बनमा परेका हुन ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिल कुमार यादव र सर्लाहीको बागमती ट्राफिक पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकास कलवारलाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा निलम्बन गरिएको हो ।

दुवै जनालो संगठनको मर्यादा विपरीत रौतहटका जिप चालक सिकन्दर पटेल सित जवान यादवले हर्षाहामा र कलवारले कर्मैयामा रोकेर एक एक सय रुपैया घु लिएका थिए । उनीहरुले घुस लिएको भिडियो बाहिर आएपछि प्रहरी महानिरीक्षक बसन्त कँुवरले नै अनुसन्धान गर्न निर्देशन दिएका हुन ।

चालक पटेलले दुवै प्रहरीले आफुलाई यस अघि पनि पटक पटक अवैध रुपमा राजमार्गमा रकम मागेर हैरान बनाएको बताए ।