नेपाल भारत सिमामा परिचयपत्र अनिवार्य
१० साउन, रौतहट । नेपाल भारत सिमाक्षेत्रको भारतीय आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्न थालेका छन ।
पाकिस्तानी महिला सिमा हैदर मधेश प्रदेशको महोतरी जिल्लाको भिठामोड नाका हुदै उतरप्रदेशको नोयडा पुगे पछि सिमामा तैनाथ भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी)ले नाकामा कडाइ गरेको हो ।
मधेश प्रदेशसँग सिमा जोडिएको सबै नाकाहरुमा भारतीय एसएसबीले सिमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन । पहिचान खुल्ने कागजाता नदेखाउदा उनीहरुले सिमाक्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन ।
भारतीय नागरिक सचिन मिणासँगै नेपाल हुदै पाकिस्तानी नागरिक सिमा हैदर चार बच्चा सहित भारतमा प्रवेश गरेपछि भिठामोड नाकामा खटिएका सबै सुरक्षाकर्मीलाई कारवाहीको गरिने भएकोले मधेश प्रदेशका सिमावर्तीक्षेत्रका एसएसबीले आवागमनका बेला यात्रुहरुले अनिवार्य परिचयपत्र देखाउनु पर्ने नियम लागु गरेका छन । भारतीय सुरक्षाकर्मीहरुले सिमाक्षेत्रमा निकै कडाइ गरेका छन ।
यस अघि नेपाल भारत सिमाक्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा यात्रुले कागजात प्रमाण देखाउने व्यवस्था थिएन । “अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण मागिरहेका छन ।” गौरका स्थानिय प्रमोद साहले भने “यस अघि कहिले पनि यसरी नागरिकता प्रमाणपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाई गरिएको छ ।” परिचय खुल्ने प्रमाण नदेखाउनेलाई एसएसबीले सिमा पार गर्न दिएका छैनन ।
पाकिस्तानी नागरिक सिमा हैदर १३ मे का दिन काठमाण्डौबाट महोतरीको भिठामोड हुदै नसहजै भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले उनको बारेमा गहन छानबिन गरिरहेका छन । सिमा र सचिन १० मार्च देखी १७ मार्च सम्म काठमाण्डौंमै रहेका थिए ।






