हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो

   २६ असार २०८०, मंगलवार १३:५७  

२६ असार, विराटनगर । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले ५ जनाको मृत्यु भइसकेको जानकारी दिए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए ।

हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन नागरिकको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्याउन गुमाउने सबै मेक्सिकन नागरिक हुन् ।

सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका विदेशी नागरिक यी हुन्

१. सिफुन्जेस जी. फर्नान्डेज (पुरुष)
२. गोन्जालेस आब्रिला (महिला)
३. गोन्जालेस ओलासियो लुस (महिला)
४. सिफिुन्तेस जी. मारिया होसे (महिला)
५. रिनलोल स्माइल (पुरुष)