मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना
२६ असार, विराटनगर । लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए । दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरमा सवार पाँचै जना यात्रु मेक्सिकन नागरिक भएको खुलेको छ ।
९ एन-एएमभी कलसाइनको हेलिककप्टर उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।






