मुस्लीम धर्मावलम्बीहरु बकरईद मनाउदै
१४ असार, रौतहट । रौतहटमा मुस्लीम धर्मावलम्बीहरु आज आफ्नो दोश्रो ठूलो पर्व इदउलजोहा अर्थात बकरइद उत्साहका साथ मनाउदैछन ।
घर नजिकमा मस्जीद तथा इदगाहहरुमा सामुहिक रुपमा केहि बेर अघि उनीहरुले बकरईदको नमाज पढेका छन । आजको यस पर्वलाई कुर्बानी समेत भन्ने गरिन्छ ।
रौतहटको गौर, राजपुर, भेडियाही लगायत जिल्लाका विभिन्न स्थानमा रहेका मुस्लीम धर्मावलम्बीहरुले इदगाह, मस्जीद र मदरसाहरुमा गएर नवाज पढे पछि घर गएर आफनो गच्छ अनुसार खसी, रागाको बलि दिने चलन यो पर्वमा रहेको छ । बलि पश्चात मासुको विभिन्न परिकार बनाइ नाता कुटुम्ब तथा छिमेकीहरु लाई बाडी रमाइलो गरी शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
मुस्लीम धार्मिक ग्रन्थ अनुसार एक पटक मुस्लीम धर्मगुरु ईब्राहिम ले अल्लाह लाई खुशी पार्न आफ्नो छोरा इस्लाम र श्रीमतिलाई बलि दिन खोज्दा अल्लाह प्रशन्न भई उनीहरुलाई पशु रुपमा परिणीत गरि बलि स्वीकार गरेकाले त्यस बेला देखी नै मुस्लीम समुदायले यो पर्व मनाउदै पशु बलि दिने प्रचलन चलेको हो ।
नया लुगा र मासुका मिठो परिकार खाएर यो पर्व हर्षोल्लासका साथ रौतहटको विभिन्न स्थानमा मनाइदै छ ।






