ओखलढुङ्गामा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु

   ८ असार २०८०, शुक्रबार ११:३७  

८ असार, काठमाडौं : ८ असार, काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

गए राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ। ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।