मोबाइल वालेटबाट १९ अर्बको कारोबार
द नेपाल मिडिया
३० जेष्ठ २०८०, मंगलवार १४:१६

३० जेठ, काठमाडौं । गत वैशाख (अप्रिल–मे) महिनामा मोबाइल वालेटहरूबाट हुने कारोबारमा गिरावाट आएको छ ।
वैशाख महिनामा डिजिटल वालेटबाट करिब १९ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो चैत (मार्च–अप्रिल) महिनामा भने वालेटबाट १९ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
वैशाख महिनामा वालेटबाट करिब एक करोड ९२ लाख पटक कारोबार भएको छ । चैत महिनामा भने एक करोड ८६ लाख पटक कारोबार भएको थियो । यस्तै ईकमर्सबाट हुने कारोबार चैत महिनामा करिब ५० करोड हुँदा वैशाखमा ५२ करोड पुगेको छ ।