डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस

   २२ जेष्ठ २०८०, सोमबार १३:१६  

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।