रेशम चौधरी तत्काल नछुटने, जन्मकैद पठाउने उच्च अदालतको फैसला सर्वोच्चद्वारा सदर

२ जेष्ठ, काठमाडौँ सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्व डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने फैसला गरेको हो।
२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो। सोही घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन्। उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका थिए।