गौर भन्सार कर्मचारीको सेटिंगमा आधी मूल्यमा १३ सय बोरा मल लिलाम

   २ जेष्ठ २०८०, मंगलवार १७:३८  

२ जेठ, रौतहट । २९ बैशाखमा रौतहटको राजपुरबाट सुरक्षाकर्मीले बरामद गरेको ठूलो परिमाणको रासायनिक मललाई भन्सार कार्यालयका कर्मचारीले कौडीको भाउमा लिलाम गरेका छन ।

राजपुर नगरपालिका ५ को एक गोदाममा छापा मारेर प्रहरील ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर आवश्यक प्रक्रियाका लागी गौर भन्सार कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बल नेपाल गौरको टोलीले २०,०२,६० मूल्य कायम गरेको मल खाद गौर भन्सारले हिजो जेठ १ गते १० लाख रुपैयाँमा मा लिलाम गरेको हो ।

कार्यालय प्रमुख बासुदेव नेपाल घर विदामा बसेकै वेला भन्सार कर्मचारीहरुले आर्थिक चलखेल गर्दै २ घण्टाका लागी सूचना जारी गर्दै सोमवार बेलुका मल लिलाम गरेका छन । नेपाल प्रहरीले रासायनिक मलको २० लाख २ हजार ८६० मूल्याँकन कायम गरेको थियो । भन्सार कार्यालयमा मुद्दा हेर्ने कार्यालय प्रमुख नेपाल घर विदामा रहेका बेला  नायब सुब्बा रेवती रोक्काले आर्थिक चलखेल गर्दै लिलामी प्रक्रिया अगाडी बढाएका थिए ।

भन्सार कर्मचारीकै मिलेमतोमा कोरम पु¥याउन तिन जटा फर्महरु जय माता दी जेनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स र जय माँ दुर्गा इन्टरप्राइजेजको बोलपत्र राखेर तोकिएको मोल भन्दा कम दरमा हतारमा लिलाम गरिएको थियो । जय मातादी जेनरल सप्लायर्स र जेएमडी सप्लायर्स फर्मको कृषि एवं विज भण्डार एवं रासायनिक मलको कारोवार गर्न इजाजत नभएपनि कर्मचारीहरुले प्रक्रियामा दुबै फर्मलाई समावेश गरेका थिए ।

गौर भन्सार कर्मचारीको आन्तरिक सेटिङमा २० लाखको मलखाद्य आधि मुल्यमा लिलाम भएको तथ्यहरु बाहिरीन थालेपछि कर्मचारीले भन्सार कार्यालयको राजश्व खातामा राति ८ बजेर १ मिनेटमा कबोल गरेको रकम १० लाख २ हजार दाखिला गर्न लगाई रातारात कार्यालयबाट मलखाद्य उठाउन लगएको स्थानीयको भनाई छ ।

गौर भन्सार कार्यालयमा रासायनिक मलखाद्यको लिलामी भईरहेको थाहा पाएपछि गुप्ता ट्रेडर्स र गुप्ता इन्टरप्राइजेजका क्लीयरिंग एजेन्टहरुले सोधपुछ गर्दा त्यहाँका सुचना अधिकृत नासु रेवती रोक्काले आज लिलाम हुँदैन भोली हुन्छ भन्दै सोमवार उनीहरुलाई  कार्यालय बाहिर पठाएर जय माता दी जेनरल सप्लायर्सका प्रापराइटर पवन साह गुप्ताको सेटिंगमा २० लाखको मलखाद्य १० लाख दुई हजारमा गोप्य तवरबाट लिलामी गराएका थिए ।

गोप्य लिलामीमा जय माता दी जेनरल सप्लायर्सले ९ लाख, जेएमडी सप्लायर्सले १० लाख र जय माँ दुर्गा इन्टरप्राइजेजले १० लाख २ हजार मूल्य राखेपछि जय माँ दुर्गालाई उक्त लिलामी परेका थिए । भन्सार कार्यालय आफैले जारी गरेको सूचनामा लिलामीको लागि बोल कबोल गर्दा धरौटी रकम सोही बेला नगद राख्नु पर्नेमा नासु रोक्काको मिलेमतोमा राति ८ बजे मात्र प्रभु बैंकको खातामा रकम जम्मा भएको भेटिएको छ ।

यस विषयमा गौर भन्सार कार्यालयका सूचना अधिकारी रेबती रोक्काले भन्सार ऐनमा उल्लेख भए बमोजिम नै आफूहरुले लिलाम प्रक्रिया समपन्न गरेको बताए । लिलाम प्रक्रियमा कुनै आर्थिक चलखेल नगरेको दाबी गरे ।

प्रहरीले बरामद गरेर भन्सार बुझाएको मल पुनः तस्करकै हातमा पुगेको छ ।