५४ तोला सुन र साढे ७ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
द नेपाल मिडिया
२३ बैशाख २०८०, शनिबार १५:५३
२३ वैशाख, मोरङ । मोरङ जिल्लाको विराटनगरबाट प्रहरीले ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
५४ तोला सुन र साढे ७ लाख रुपैयाँसहित प्रहरीले २ जनालाई हिरासतमा लिएको छ । कारोबारमा संलग्न भएका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






