प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे ओली

२३ वैशाख, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शनिबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट्न दिउँसो १२ बजे अध्यक्ष ओली सिंहदरबार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि तथा सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि आज दोस्रो पटक प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहेको छ ।