घुस लिएकै अवस्थामा महोत्तरी प्रहरीका लेखापाल पक्राउ

   २२ बैशाख २०८०, शुक्रबार १८:१४  

२२ वैशाख, महोत्तरी । सेवाग्राहीसँग लिएको घुससहित जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल पक्राउ परेका छन् ।

घुससहित जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्टलाई नियन्त्रणमा लिएको छ । भवन निर्माणसम्बन्धी विषयमा बानेश्वरस्थित एक रेष्टुरेन्टबाट विष्टलाई घुसलिएको ५० हजार नगद र १ लाख रुपैयाँको चेकसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुसलिरहेकै अवस्थामा पक्राउ गरिएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।