रवि लामिछानेका चालकको उपचारकै क्रममा मृत्यु 

   १९ बैशाख २०८०, मंगलवार १७:०९  

pinup

रास्वपा सभापति लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार उपचारको क्रममै थापाको मृत्यु भएको हो । सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले पनि चालक थापाको मृत्यु भएको पुष्टि गरे । “हामीले बचाउन अनेक प्रयत्न गर्‍यौँ सकेनौँ,” बोहोराले भने ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दिउँसो करिब साढे १ बजे उनको मृत्यु भएको बताइएको छ ।

उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । वैशाख ४ गते उनी छतबाट खसेर घाइते भएका थिए । भरतपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो ।

उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।