प्रतिबन्धित लागूऔषधसहित एक महिला पक्राउ

   १६ बैशाख २०८०, शनिबार १७:२२  

१६ वैशाख, बाँके । प्रतिबन्धित लागूऔषधसहित नेपालगन्जबाट एक महिलालाई पक्राउ गरिएको छ । जिल्लाको कोहलपुर नगरपालिकाबाट एक महिलालाई लागूऔषधसहित नियन्त्रणाम लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाटोमा हिँडिरहेको बेलामा शंकास्पद अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगरसहित जानकी बादीलाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका ११ बसपार्कबाट बादीलाई ३ ग्राम ६ सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित हिरासतमा लिएको हो ।

१० दिनको म्याद थप अनुमति लिई पक्राउ परेकी उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।