आफ्नै छोराको हत्या आरोपमा बुवा पक्राउ

   १६ बैशाख २०८०, शनिबार १७:११  

१६ वैशाख, कैलाली । आफ्नै छोराको हत्या आरोपमा कैलालीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या अभियोगमा ४७ वर्षीय बुवा महेशकुमार चौधरीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । बाबुले आफ्नै छोरालाई जंगलमा लगेर इँट्टा प्रहार गरेर हत्या गरेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपी बुवामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी, शनिबार दिउँसो १२ बजेतिर धनगढी उपमहानगरपालिका ६ मट्यारीमा अर्जुनको शव फेला परेको प्रहरीले जनाएको छ ।