सवारी दुर्घटना हुदाँ मोरङमा एक जनाको मृत्यु

   १६ बैशाख २०८०, शनिबार १६:५७  

१६ वैशाख, मोरङ । सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्बर २ गेउरीयास्थित सडकमा प्र.१-०२-००१ ख ८६८४ नम्बरको टिपरले मे।४ प ६८६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका ८ घर भएका ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्कालै आर्या न्यूरो अस्पताल विराटनगर ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटना पश्चात् टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।