गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना, ५ घाइते

   १३ बैशाख २०८०, बुधबार १७:३७  

१३ वैशाख, रौतहट । गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना हुदा चालक सहित पाँच जना घाइते भएका छन् ।

गएराति गौर नगरपालिका वडा नम्वर ४ गढवामा लागेको आगो निभाउन त्यसतर्फ गएको गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह, शिवशंकर पटेल, नथुनी पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सवगढा र गढवाको बिचमा रहेको एक पोल्ट्रि फर्ममा लागेको आगो निभाउन जादै गरेको बारुण यन्त्र दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागी वीरगंज पठाइएको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।