सवारी दुर्घटना हुदाँ महोत्तरीमा ३ जनाको मृत्यु
६ बैशाख, महोत्तरी । सवारी दुर्घटना हुदाँ महोत्तरीमा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, श्रीमती २४ वर्षीया अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ ।
जिल्लाको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ ।
र्दुटनामा परेर ज्यान गुमाएका उनीहरुको हाल पहिचान हुन सकेको छैन् । दुर्घटना पश्चात् बस चालक फरार भएपनि बसलाई नियन्त्रणमा लिई चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






