वर्षको पहिलो सूर्यग्रहण भोलि लाग्दैँ

   ६ बैशाख २०८०, बुधबार १४:२९  

६ बैशाख, रौतहट । वर्षको पहिलो सूर्यग्रहण भोलि (बिहबिार) लाग्दैछ ।

बिहीबार बिहान ७ बजेर ४० मिनेट देखि दिउँसो १२ बजेर २९ मिनेटसम्म ग्रहण लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।

नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन ।

२०८० वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ ।