बालुवाटारमा गोली प्रहार हुदाँ वर्षमान पुनकी आमा घाइते
२ बैशाख, रौतअट । सरकारी निवास बालुाटारमा गोली चल्दाँ माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमा घाइते भएकी छन् ।
बालुवाटारस्थित निवासमा शुक्रबार गएराति करिब १० बजेतिर प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गरेको गोली प्रहारबाट वर्षमान पुनकी आमा घाइते भएकी हुन् । खुट्टामा गोली लागेको पुनकी आमालाई उपचारका लागि काठमाडौँसिथत ट्रमा सेन्टरमा राखिएको छ ।
यस्तै, हिजो गएराति गोली प्रहार गरेको प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार समेत रहेका हुन् ।
त्यसैगरी, प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत रहेका आरोपी प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।






