रुपन्देहीको सियारीस्थित प्लाष्टिक उद्योगमा आगलागी हुदाँ लाखौँको क्षति

   २ बैशाख २०८०, शनिबार ११:३२  

२ वैशाख, रूपन्देही । रुपन्देहीको सियारीस्थित प्लाष्टिक उद्योगमा आगलागी हुदाँ लाखौँको क्षति भएको छ ।

जिल्लाको सियारी ७ अमुवामा रहेको जय पलाष्टिक ईण्ड्रिटिज प्रालिमा (प्लाष्टिक उद्योग)मा आज बिहान करिब ४:३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ४ बजेतिर लागेको आगलागी बिहान ६ः४५ बजेतिर नियन्त्रणमा आएको थियो ।

आगलाीलाई बुटवल, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।