आज थप १०६ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
३० चैत्र २०७९, बिहीबार १८:१५
३० चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
त्यसैगरी, यो अवधिमा थप ७४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






