पहिरोमा पुरिएर १ एक जनाको मृत्यु, २ जना घाइते
३० चैत, काभ्रेपलाञ्चोक । पहिरोमा पुरिएर काभ्रेपलाञ्चोकमा एक मजदुरको मृत्यु भएको छ, भने २ जना घााइते भएका छन् । जिल्लाको पाँचखाल ८ चिसापानीमा सुख्खा
पहिरोमा पुरिएर १ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाँचखाल नगरपालिका वडा नम्बर ८ चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खख्दाँ उनीहरु घाइते भएका थिए । पहिरोले ३ जना कामदार पुरिदाँ उनीहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएपनि उपचारकै क्रममा कुलको मृत्यु भएको हो ।
यस्तै, सोही घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।






