लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ
३० चैत, कञ्चनपुर । लागूऔषधसहित कञ्चनपुरबाट एक जना भारीतय नागरिक पक्राउ पपरेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले हिरासतमा लिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीको टोलीले बिहीबार भारतको उत्तर प्रदेशको पिलिभित जिल्लाअन्तर्गत नैजलिया, कुतियाकभरका मन्तोष हिरालाई नियन्त्रणमा लिएको छ ।
निजको साथबाट प्रहरीले प्रतिबन्धित खैरो हेरोइन ३६ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ । प
क्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






