रौतहटको विसुनपुर्वामा भिषण आगलागी

   २६ चैत्र २०७९, आईतवार १५:५३  

२६ चैत, रौतहट । रौतहटको माधव नारायण नगरपालिका विसुनपुर्वा मानपुरमा आज दिउँसो भिषण आगलागी भएको छ ।

माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागीमा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर खरानी बनाएको हो ।

आगलागी दिउँसो करिब २ बजेर ३० मिनेटमा शुरु भएको थियो । आगलागीका कारण मानविय क्षति अहिले सम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

हाल आगलागी नियन्त्रण आउन सकेको छैन् । आगलागीलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । यसबारे थप विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।