अवैध यौनधन्दा गरेको आरोपमा गौरमा ३ पक्राउ

   २४ चैत्र २०७९, शुक्रबार १३:५८  

२४ चैत, रौतहट । ब्यूटी पार्लरको नाममा अवैध यौनधन्दा गरेको आरोपमा रौतहटमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका १ स्थीत साहिबा ब्यूटी पार्लरमा छापा मारेर प्रहरीले दुई महिला तथा एक पुरुषलाई नियन्त्रणमा लिएको छ । अवैधरुपमा यौनजन्य क्रियाकलापहरु भएको सूचनाका आधारमा गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउतर तर्फ रहेको घरमा प्रहरी खानतलासी गर्दा राजपुर नगरपालिका १ का एक पुरुष तथा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्यूटी पार्लरको दुइवटा कोठामा रहेको ओछयानमा अस्थायी साधन कण्डमहरु भेटिएको प्रहरीले जनाएको छ । यौनजन्य कारोवार गरेको आरोपमा प्रहरीले सो ब्यूटी पार्लरको संचालिकालाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।