इन्जीनियरले दिदै थिए रौतहटका मेयरको एसइइ

   १९ चैत्र २०७९, आईतवार १८:३८  

१९ चैत, रौतहट। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिदै गरेका व्यक्ति इन्जीनियर रहेको खुलेको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइइ परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साह सरकारी कर्मचारी रहेको पुष्टी भएको हो । मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले आज पक्राउ गरेको थियो ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास स्टेशनमा कार्यरत स्थायी कर्मचारी हुन । उनी मेयर प्रेमलालका ज्वाइ हुन । पथरा बुधराममा रहेको माविबाट फर्म भरेका ससुरा प्रेमलालको सट्टामा उनले परिक्षा दिइरहेका थिए ।

परिक्षा संचालन भएको अवश्थामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट गएको अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा इन्जीनियर साह पक्राउ परेका थिए । उनलाई पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरि रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।