चट्याङ लागेर सिरहामा रौतहटका एक जनाको मृत्यु

   १८ चैत्र २०७९, शनिबार १२:१३  

१७ चैत, सिरहा । चट्याङ लागेर सिरहामा रौतहटका एक जना ट्रक चालकको मृत्यु भएको छ ।

चट्याङ लागेर रौतहटको चन्द्रपुर नगरपालिका ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा गएको बेला शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएको उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका लागि ल्याउपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।