नुवाकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु, ९ जना उपचाररत

   १७ चैत्र २०७९, शुक्रबार १६:२२  

१७ चैत, नुवाकोट । नुवाकोटमा भएको जिप दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ४ वेतिनिस्थित धारापानीमा भएको जिप दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर दुप्चेश्वरकै २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको ज्यान गएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो १ः:३० बजेतिर ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुदाँ अन्य ९ जना घाइते भएका छन् ।

जिप ओरालो झर्नेक्रममा भीरबाट करिब ४ सय मिटर तल खसेको दुर्घटना हुदाँ घाइते भएकाहरुलाई तादी गाउँपालिकामा रहेको खरानीटार अस्पताल र काठमाडौंका अस्पतालहरुमा पठाइएको छ ।

यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।