खानेपानी मन्त्री खानले दिए राजीनामा

   १७ चैत्र २०७९, शुक्रबार १४:५६  

१७ चैत, रौतहट । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले आज राजीनामा दिएका छन् ।

खानेपानी मन्त्री अब्दुल खानले पदबाट शुक्रबार राजीनामा दिन लागेका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष राखेका खानले खानेपानी नै पाएकोले राजीनामा दिन लागेका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले हालका लागि खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भने पनि खानलाई मन्जुर नभएको भन्दैँ राजीनामा दिएका हुन् ।