पर्साबाट १० केजी चरेससहित १ जना पक्राउ

   १३ चैत्र २०७९, सोमबार १५:०२  

१३ चैत, पर्सा । १० किलो चरेससहित पर्साबाट एक जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले टोलीले १० केजी लागुऔषध चरेसहित १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ तिनदुविया बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घर तलासी गर्दा उक्त परीमाणको लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।