नेकपा एसमा राजनितिकको कुनै भविष्य नरहेको भन्दैँ ३१ जना नेता पुरानै घर फर्किए
१० चैत, रौतहट । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एसका प्रभाबशाली नेताहरुले आज प्रत्रकार सम्मेलन गदै पुरानो घर नेकपा एमालेमा फर्किएका छन् ।
रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा पुर्व प्रधानमन्त्री समेत रहेका माधब कुमार नेपाल नेतृत्वको नेकपा एसका प्रभाबशाली ३१ जना नेताहरुले आज पत्रकार सम्मेलन गदै पुरानो घर नेकपा एमालेमा फर्किएका हुन् । नेकपा एकिकृत समाजवादी पार्टीमा राजनितिक भबिष्य अन्धकार देखेपछि आफनो पुरानै घर नेकपा एमालेमा शुक्रबार फर्किएका नेताहरुले बताएका छन ।
आज भएको प्रत्रकार सम्मेलनमा नेकपा एसको तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिकाका (मेयर) नगर प्रमुखका प्रत्यासी नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको तथा पूर्णरुपमा आफनो तनमन सबै एमालेमै रहेको कारणले पुरानै घर प्यारो लागेर फर्किएको बताएका हुन् ।
दाहालका अनुसार घरका छोरा छोरी रिसाएर कहिलेकही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किदाँ आफू हर्षित भएको बताए ।
यस्तै, गत २०७९ बैशाख ३० गते (शुक्रबार) भएको स्थानिय तहको निर्वाचन र २०७९ मंसिर ४ गते (आइतबार) भएको संघिय तथा प्रदेश सभाको चुनावमा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपालको भुमिका देखेर उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर आज पत्रकार सम्मेलन गर्दै हामी पुरानो घर नेकपा एमालेमा फर्किएको बाबुराम दाहाल बताएका छन् ।
त्यसैगरी, नेकपा एमालेमा रहदाँ तत्कालीन रौतहट क्षेत्र नं। ६ को २ कार्यकाल क्षेत्रिय अध्यक्षका भूमिका निर्वाह गरेको दाहालले नेकपा एकिकृत समाजवादीको चन्द्रपुर नगर कमिटि अध्यक्ष हुदैँ प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा पनि रहेका थिए ।
त्यसैगरी, २०७४ सालको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एसको प्रदेश कमिटि सदस्य तथा नेकपा एसका पुराना नेता समेत रहेका अमर आलेले पनि माधब नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको उज्वल भबिष्य नदेखिएको भन्दैँ पुरानै घर फर्किएका हुन् । आफुले मलजल गरेको नेकपा एमाले पार्टी नै रहेको भन्दैँ आलेले पुरानो घर फर्किएका हुन् ।
यसैगरी, नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह, नेकपा एसमा राजनितिक सुरक्षित नभएको र आफनो पार्टी भनेको नेकपा एमाले मात्रै रहेको जस्तो मन मस्तीकमा आएको कारण पुरानो घर फर्किएदाँ हर्षित भएको बताएका हुन् ।
त्यस्तै, नेकपा एसको भाृत संगठनका बिभिन्न तहतप्कामा रहेका नेता कलिमुल्लाहले देशमा कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै स्पष्ट रहेको भन्दैँ आज अन्य साथीहरुलाई पनि आफनो पुरानो घर फर्किन आग्रह समेत गरेका छन् ।
त्यसैगरी, शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नै नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की, जिल्ला कमिटि सदस्यहरु बिनोद चौधर, राजन थापा,रामकुमार खडका, मधुसुदन धिताल, रामचन्द्र दाहाल, नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भु प्रसाद गुप्ता, वनपती देबी सहनी समेत पुरानो घर नेकपा एमाले पार्टीमा फर्किएका हुन् ।
यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी, गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी, होस नारायण यादबब, सुरेश चौधरी, लाल बहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेब मण्डल, शेख मजहर आलम, पारस सहनी, शेख रेयाज, राम सेवक राय लगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन ।
नेकपा एकिकृत समाजवादी पार्टीमा राजनितिक भबिष्य अन्धकार देखिएको भन्दैँ आज पुरानो घर नेकपा एमालेमा फर्किनेहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए ।
आज आयोजना गरिएको कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल, पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतका अन्य नेताहरु सहभागी भएका थिए ।






