बिजुली सर्ट हुदाँ पराल बोकेको ट्रकमा आगलागी

   ९ चैत्र २०७९, बिहीबार १०:४१  

९ चैत, रौतहट । रौतहटको चन्द्रपुरमा पराल लोड गरेको ट्रकमा आगलागी भएको छ ।

पराल बोकेको ट्रकमा बिजुली सर्ट हुदाँ खागलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा पराल लोड गरेको ट्रकमा बुधबार साँझ आगलागी भएको हो । आगलागी बाट ट्रकमा लोड गरेको आधा भन्दा बढी पराल जलेको छ ।

पराल लोड गरेको ट्रकले बिजुलिको तार छुदा आगलागी भएको स्थानियको भनाई रहेको प्रहरीले जनाएको छ । आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।