विद्युत चोरी गरेको आरोपमा १२ जना पक्राउ

   ८ चैत्र २०७९, बुधबार १८:५२  

८ चैत्र, रौतहट ।हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटबाट १२ जना पक्राउ परेका छन ।

चुहावट नियन्त्रको लागी विद्युत प्राधिकरणको रौतहटको गौर शाखाबाट खटिएका कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको रामपुरखाप, औरैया, बसन्तपट्टी, जयनगर लगायतका स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरि नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए ।