जंगली हात्तीको आक्रमणबाट चन्द्रपुरमा एक महिलाको मृत्यु

   ६ चैत्र २०७९, सोमबार १८:१३  

६ चैत, रौतहट । जंगली हात्तीको आक्रमणबाट रौतहटको चन्द्रपुरमा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ९:३० बजेतिर जिल्लाको धन्सार क्षेत्रको जंगलमा घाँस काट्न गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका वडा नम्बर १ बस्ने ४९ वर्षीय मीना मगरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी चन्द्रपुरले जनाएको छ ।