पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ

   ५ चैत्र २०७९, आईतवार १८:१३  

५ चैत, सप्तरी । पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ परेका छन् ।

जिल्लाको तिलाठी कोईलाडीबाट छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ मौवाका २८ वर्षीय सोनु राय र राजविराज नगरपालिका १ निवासी २८ वर्षीय रोशन यादवलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोलास्थित बोर्डर ईलाकामा पेस्तोलसहित सोनुलाई नियन्त्रणमा लिएको हो, भने यादवलाई शंकास्पद अवस्थामा पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुवै जनालाई चेक प्वाइन्ट टोलीले पक्राउ गरेको छ ।

सोनु रायको साथबाट कम्मरमा एलाष्टिकले बाँधी ल्याउँदै गरेको ‘लिदी मेड इन यूएसए’ एक पट्टीको स्लाइडमा लेखिएको र अर्को पट्टिको स्लाइडमा चाइना लेखिएको म्याग्जिन सहितको अटोमेटिक थान १ पेस्तोल बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।