१५ हजार घुससहित सब–इन्जिनियर पक्राउ

   ४ चैत्र २०७९, शनिबार ११:४९  

४ चैत, कास्की । घुससहित पोखराबाट सब–इन्जिनियरलाई पक्राउ परेका छन् ।

१५ हजार रुपैयाँ घुसलिएक पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सबइन्जिनियर प्रविन विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले विकलाई हिरासतमा लिएको छ । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दैँ सेवाग्राहीसँग घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियारबाट खटिएको टोली उनलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले विकलाई १५ हजार घुस लिइसकेको अवस्थामा पोखरा १४ चाउथेबाट शुक्रबार नै हिरासतमा लिएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।