उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार यादव निर्वाचित

   ३ चैत्र २०७९, शुक्रबार १७:५६  

३ चैत, रौतहट । आज भएको मतदानबाट उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका यादव ३० हजार ३ सय २८ मत पाएर विजय भएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएमा यादवलाई ३ सय २९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मतदान गरेका थिए ।

यस्तै, एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका हुन् ।

त्यसैगरी, जनमत पार्टीकी उम्मेदवार ममता झाले १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदका मत माएकी छन् । उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन्, भने संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

त्यस्तै, उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले पनि प्रदेशसभा सदस्यको एक मत पाएकी हुन् ।